पाल्पामा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते
मङ्गलबार, १३ कात्तिक २०८१, ०९ : ३७
बुटवल । पाल्पास्थित सिद्धार्थ राजमार्गमा सोमबार राति दुईवटा ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रकले ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लु १ ख ९३५१ नम्बरको ट्रक चालक पाल्पाको रम्भा गाउँपालिका-३ बस्ने २३ वर्षीय भुवन सिंह राना रहेका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी सुनिल मल्लले बताए ।
घटनामा ना १ क ७१२९ नम्बरका ट्रकका सहचालक स्याङ्जाको वालिङ नगरपालिका-१० बस्ने २१ वर्षीय सज्जित खवास थापा घाइते भएका छन् । ब्रेक फेल भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
इतिहासमै पहिलो पटक सांस्कृतिक संस्थानको राष्ट्रिय दोहोरी गीत प्रतियोगिता सुरु
-
मूल्य समायोजन गर्न एक हप्ताभित्र औषधि परामर्श परिषद्को बैठक बस्ने
-
खोलाको दहमा डुबेर १४ वर्षीया बालिकाको मृत्यु
-
दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत
-
रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण