गृहमन्त्री लेखक र रास्वपा उपसभापति अर्यालबिच भेट‚ के भयो कुराकानी ?
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको उपसभापति अर्यालले स्वीकार गरे ।
अर्यालका अनुसार भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । ‘हाम्रो भेट हिजो साँझ साढे ६ बजेतिर भएको हो । समसामयिक के कसो छ भनेर भेट ‚’ उनले भने।
भेटका क्रममा आफूले रास्वपाले आज बालुवाटारमा गर्ने आन्दोलनको बारेमा जानकारी दिएको पनि उनले बताए ।
‘आजको आन्दोलनको विषयलाई लिएर भेटेको हो । हामी शान्तिपूर्ण आन्दोलनमा छौँ । त्यसमाथि काठमाडौँमा आन्दोलन हो त्यसमा पनि बालुवाटार केन्द्रित भएकाले शान्ति सुरक्षाको पनि विषय आउँछ नै‚’ अर्यालले रातोपाटीसँग भने ।
सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण