गृहमन्त्री लेखक र रास्वपा उपसभापति अर्यालबिच भेट‚ के भयो कुराकानी ?

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको उपसभापति अर्यालले स्वीकार गरे ।
अर्यालका अनुसार भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । ‘हाम्रो भेट हिजो साँझ साढे ६ बजेतिर भएको हो । समसामयिक के कसो छ भनेर भेट ‚’ उनले भने।
भेटका क्रममा आफूले रास्वपाले आज बालुवाटारमा गर्ने आन्दोलनको बारेमा जानकारी दिएको पनि उनले बताए ।
‘आजको आन्दोलनको विषयलाई लिएर भेटेको हो । हामी शान्तिपूर्ण आन्दोलनमा छौँ । त्यसमाथि काठमाडौँमा आन्दोलन हो त्यसमा पनि बालुवाटार केन्द्रित भएकाले शान्ति सुरक्षाको पनि विषय आउँछ नै‚’ अर्यालले रातोपाटीसँग भने ।
सहकारी बचत अपचलनमा रवि लामिछाने पक्राउ परेपछि रास्वपा सडक आन्दोलनमा छ । रास्वपाले आन्दोलनको कमान्डर पनि अर्याललाई बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत
-
प्रधानमन्त्री र एमआइटीका अनुसन्धानकर्ता मिङ्मार शेर्पाबिच भेटवार्ता