सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएका १९ जना अझै फरार
सूर्यदर्शन बचत तथा ऋण सहकारी र सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ पुर्जी जारी भएका १९ जना फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी हिनामिना प्रकरणमा प्रहरीले १३ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ । कास्की जिल्ला अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । यस्तै, बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीको रकम हिनामिनामा संलग्न १० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
पक्राउ पुर्जी जारी भएकामध्ये दुवै सहकारीको रकम हिनामिनामा संलग्न ४ जना रहेको प्रहरीले जनाएको छ । गोर्खा मिडिया नेटवर्कका सञ्चालक विशाल तामाङसहित चार जना सुप्रिम र सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको अनुसन्धान अधिकृतको भनाइ छ ।
दुवै सहकारीका गरी २३ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना पक्राउ परेका छन् भने बाँकी १९ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण