हाम्रा साथीहरूलाई देख्नेबित्तिकै प्रहरीले नियन्त्रणमा लिइरहेको छ : बुर्लाकोटी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले रास्वपाका नेता कार्यकर्ताहरूले निषेधित क्षेत्रतर्फ अघि नबढ्दै प्रहरीले पक्राउ गरेको गुनासो गरेका छन् ।
बालुवाटार क्षेत्रमा रहेका उनले रातोपाटीसँग कुराकानी गर्दै शान्तिपूर्ण प्रदर्शनमा प्रशासनले बाधा पुराइरहेको बताए । ‘हामी भाटभटेनी एरियामा छौँ । हाम्रा साथीहरूलाई देख्नै बित्तिकै नियोजित रूपमा प्रहरीले पक्राउ गरिरहेको छ‚’ रातोपाटीसँग उनले भने ।
बुर्लाकोटीका अनुसार हालसम्म सांसद अशोक चौधरी सहित १७ जना पक्राउ परेका छन् । शुक्रबार अर्थात् कार्तिक २ गते सभापति रवि लामिछाने सहकारी ठगी र सङ्गठित अपराध कसुरमा पक्राउ परेदेखि नै रास्वपाले पोखरा केन्द्रित आन्दोलन गरेको थियो । त्यसपश्चात् पार्टी हाल काठमाडौँ केन्द्रित आन्दोलनमा जुटेको छ । रास्वपाले आज बालुवाटारमा वृहत् आन्दोलन गर्ने भन्दै तयारी सहित सडकमा उत्रिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर
-
स्रोत नखुलेको १४ लाखसहित दुई जना पक्राउ
-
भारतीय आक्रमणपछि पाकिस्तानी प्रधानमन्त्रीले राष्ट्रलाई सम्बोधन गर्ने
-
मुख्यमन्त्री आचार्य र स्विस राजदूतबिच शिष्टाचार भेटवार्ता