नरेश श्रेष्ठ मेमोरियल यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट : कर्णालीमाथि सुदूरपश्चिम प्रदेशको सजिलो जित
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जित हासिल गरेको छ । प्रतियोगिताको चौथो दिन मंगलबार खेलिएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई पाँच विकेटले हराएको हो ।
जारी प्रतियोगितामा दोस्रो खेल खेलेको सुदूरपश्चिम प्रदेशको यो पहिलो जित हो । यसअघि खेलिएको आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेश लुम्बिनी प्रदेशसँग ४१ रनले पराजित भएको थियो । कर्णाली प्रदेश भने आफ्नो पहिलो खेलमै पराजित भएको हो ।
मंगलबारको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले ३०.५ ओभरमा अलआउट हुनुअघि ७४ रनमात्र बनाउन सक्यो । जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले १८.१ ओभरमा पाँच विकेट गुमाएर ७६ रन बनाउँदै विजय लक्ष्य पार गर्यो ।
सुदूरपश्चिम प्रदेशका लागि नरेश भट्टले २८ रनको योगदान गरे । युवराज खत्रीले पनि अविजित २३ रनको योगदान गरे । अशोक धामीले पनि अविजित १२ रन बनाए । कर्णाली प्रदेशका बलर युनिस ठकुरीले तीन विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशलाई सन्तोमा समेटन सुदूरपश्चिम प्रदेशका बलर नरेन साउद एक्लैले पाँच विकेट लिए । उनले नौ ओभरमा चार मेडन राख्दै केवल नौ रन खर्चिए । उनी प्लेयर अफ दि म्याच पनि घोषित भए । अशोक धामीले पनि दुई विकेट हात पारे ।
कर्णाली प्रदेशका लागि ओपनर ब्याट्सम्यान मनिष थापाले सर्वाधिक ४२ रन बनाए । कप्तानसमेत रहेका उनले ५९ बलको सामना गरी दुई छक्का र पाँच चौका पनि हिर्काए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण