यू–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट : मधेस प्रदेशको दोस्रो जित
काठमाडौँ । विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल वाई वाई यू–१९ एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेस प्रदेशले दोस्रो जित हासिल गरेको छ । प्रतियोगिताको चौथो दिन मंगलबार खेलिएको खेलमा मधेस प्रदेशले बागमती प्रदेशलाई ४६ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा तेस्रो खेल खेलेको मधेस प्रदेशले हासिल गरेको यो दोस्रो जित हो । यसअघि आफ्नो पहिलो खेलमा मधेस प्रदेशले कोशी प्रदेशलाई २२ रनले हराएको थियो । आफ्नो दोस्रो खेलमा मधेस प्रदेशको टोली गण्डकी प्रदेशसँग नौ विकेटले पराजित भएको थियो ।
दोस्रो खेल खेलेको बागमती प्रदेशको भने यो पहिलो हार हो । यसअघि आफ्नो पहिलो खेलमा बागमती प्रदेशले गण्डकी प्रदेशलाई एक सय रनले हराएको थियो । मंगलबारको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको मधेस प्रदेशले ४६.३ ओभरमा अलआउट हुनुअघि एक सय ४२ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने ३९.४ ओभरमा अलआउट हुनुअघि ९६ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको मधेस प्रदेशका लागि ओपनर ब्याट्सम्यान इमरान शेखले ५४ रनको योगदान गरे । उनले ७२ बलमा एक छक्का र चार चौका प्रहार गरे ।
रोसन साहले पनि टोलीको खातामा ३० रन थपे । राजेश यादवले १५ रन बनाए । मधेस प्रदेशले अतिरिक्त रूपमा २३ रन पायो । बागमती प्रदेशका बलर दयानन्द मण्डलले तीन र दीपक सेरलाले दुई विकेट लिएका थिए ।
जवाफी ब्याटिङ गरेको बागमती प्रदेशका लागि ओपनर रिङ्जिन लामाले अविजित ३५ रन बनाए । उनले ८५ बलमा दुई चौका पनि हिर्काए । राजेश बोहराले १८ र आर्यन क्षेत्रीले १३ रन बटुले । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बागमती प्रदेशले अतिरिक्त रूपमा पनि १२ रन पाएको थियो । मधेस प्रदेशका बलर अफरुद्दिन राइन र राजेश यादवले तीन–तीन विकेट लिए । अभिषेक तिवारी र रञ्जित कुमारले दुई–दुई विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण