धन्तेरसमा पनि जोगमनीमै आकर्षण, तस्बिरहरु
विराटनगर । तिहार पर्वको सुरुवाती दिन धन्तेरसमा विराटनगरसँग जोडिएको भारतीय बजार जोगवनीमा नेपालीको भीड थामिनसक्नु देखिएको छ । जोगवनीमा मंगलबार बिहानैदेखि भीड देखिएको स्थानीय बताउँछन् ।
घरायसी खाद्यान्नका सामान, लेडिज आइटम तथा जुत्ता चप्पल किनमेलका लागि जोगवनी जाने नेपालीको भीड लाग्ने गर्छ । यस्तै तिहारमा माटोको दियोदेखि इलेक्ट्रिक झिलिमिली बत्ती, भाँडाकुँडाको सामान किन्न जानेको पनि उत्तिकै भीड छ । किनमेलका लागि त्यहाँ पुगेका नेपालीको भीडका कारण बाटोमा आवतजावत गर्ने साना सवारी साधन सहज ढंगले चल्न सकेका छैनन् ।
प्रत्येक पसलहरूमा नेपालीहरूको भीड छ । कपडाका पसलदेखि खाद्यान्नको आइटम, मोबाइल तथा कस्मेटिक पसलहरूमा उत्तिकै भीड देखिन्छ । नेपालबाट किनमेलका लागि जोगवनी जानेहरूको ताँती र सामान लिएर नेपालतर्फ आउँदै गरेका नेपालीहरू अत्यधिक देखिन्छन् । प्रत्येकजसो पसलमा दर्जनसम्म कामदारहरू राखेर व्यापारीले आफ्नो व्यापार गरिरहेका छन् । काउन्टरमा नेपाली रुपैयाँ बुझाउनेको लाइन देखिन्छ ।
विराटनगरमा पनि पसलहरूमा किनमेल गर्ने मानिसको कमी छैन । यद्यपि जोगवनीमा जस्तो भीड भने नदेखिएको व्यापारी बताउँछन् । विराटनगरको सेन्टरमल, भाटभटेनी जस्ता सुपरमार्केटहरुमा भने मानिसको चाप अत्यधिक देखिन्छ । जोगवनी बजारको लामो इतिहास नभएपनि अहिले भने ठूलाठूला महल तथा सपिङ सेन्टरहरु खुलिरहेका छन् । जोगवनीको बजार भन्दा विराटनगरको बजार ठुलो छ । यसर्थ विराटनगरको भन्दा जोगवनीमा बढी व्यापार हुने गरेको छ ।
_HxbezuPm1X.jpg)
_jzohY0EPyX.jpg)
_KNfWciUybl.jpg)
_QxA7YUZ58B.jpg)
_zqmF4kAFdR.jpg)
_Ti23wuHfBD.jpg)
_RvHeR3Ctbb.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण