कर्णाली याक्सको हस्पिटालिटी पार्टनरमा ‘हिल्टन’

काठमाडौं । कर्णाली याक्सले आफ्नो हस्पिटालिटी पार्टनरमा हिल्टन होटललाई भित्राएको छ । मंगलबार हिमायलन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को लागि होम अफ कर्णाली याक्समा हिल्टनसँग सम्झौता गरेको हो ।
सम्झौतामा कर्णाली याक्सका सहमालिक गृहेन्द्र घिमिरे र हिल्टनका महाप्रबन्धक श्रीधर थोटाले हस्ताक्षर गरेका छन् । प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजनासहित नेपालमा यसै वर्षदेखि सञ्चालनमा आएको पाँच तारे होटलसँग सम्झौता भएको सह मालिक घिमिरेले बताए । ‘हाम्रो क्लब, खेल र खेलाडीहरू अब अन्तर्राष्ट्रिय स्तरका हुनेछन् । त्यसैले हामीले भर्खरै सञ्चालनमा आएको ख्याति प्राप्त होटल रोजेका हौँ ।’
ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टिमका अलराउन्डर सोमपाल कामी छन् । कर्णालीले विदेशी खेलाडीको रूपमा पाकिस्तानका २८ वर्षीय अलराउन्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरिसकेको छ ।
तलातले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी २० आईमा डेब्यु गरेका थिए ।
यस्तै, कर्णाली याक्सले अक्सनबाट ‘ए’ श्रेणीमा राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यादवलाई समावेश गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।
T20I Tri-Series in Scotland, 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'टेक एण्ड पे' पीपीए संशोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्यो आन्दोलन
-
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वकार्यकारी निर्देशक ठाकुरसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कुलिङ पिरियड’ हटाउने चलखेलविरूद्ध अधिकांश दल, एक्लिँदै एमाले
-
सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
-
मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई ७ दिन हिरासतमा राख्न अनुमति
-
सुदूरपश्चिममा बजेटमाथिको छलफल असार १० गतेदेखि सुरू हुने