किरण राणा र सुन्दर ह्योजुलाई एआईजीमा बढुवा गर्ने निर्णय
काठमाडौँ । मन्त्रिपरिषद्ले नेपाल प्रहरीमा जनपद समूहतर्फ डीआईजी किरण राणा र प्राविधिकतर्फ डा. सुन्दर प्रसाद ह्योजुलाई एआईजी (अतिरिक्त महानिरीक्षक)मा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले सो निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत राणा र प्रहरी अस्पतालका डीआईजी ह्योजुलाई कार्तिक ४ मा बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवासँगै डा. ह्योजु प्रहरी अस्पतालको प्रमुख भएका छन् ।
राणा आईजीपी वसन्त कुँवरसँगै २०५१ चैत ५ मा प्रहरीमा प्रवेश गरेकी थिइन् । उनी ५६ वर्षे उमेर हदका कारण कार्तिक १५ मा अवकाशमा जाँदैछिन् । मंगलबार साँझ प्रहरी प्रधान कार्यालयमा आईजीपी कुँवरले उनीहरू दुवैलाई दर्ज्यानी चिन्ह प्रदान गर्दैैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवालाई सीप, रोजगार र उद्यमसँग जोड्न सरकार क्रियाशील : मन्त्री यादव
-
ग्वार्को–दाहालटार सडकपीडितको मागमा सांसद श्रेष्ठको समर्थन
-
फुटबलसँगै झागिँदै छ विश्वकपको सांस्कृतिक प्रस्तुति
-
मुस्ताङमा एक हजार ४३१ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न
-
बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन आग्रह
-
हमासद्वारा गाजा शान्ति रोडम्याप योजनाबारे प्यालेस्टाइनी समूहको प्रतिक्रिया पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण