प्रचण्डलाई वलीको सुझाव– नढाँटीकन माओवादी आन्दोलनबारे किताब लेख्नोस्
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता हेमन्तप्रकाश वलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई माओवादी आन्दोलनको कमजोरीलाई केलाएर किताब लेख्न सुझाव दिएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको जन्मशताब्दी कार्यक्रमको अवसरमा बुधबार कमलादीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रचण्डलाई किताब लेख्न सुझाव दिएका हुन् ।
प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गरेकोमा धन्यवाद दिँदै उनले अहिले प्रचण्ड पुरानै ठाउँमा फर्किएकोमा असन्तुष्ट पोखे ।
‘प्रचण्डले ऐतिहासिक जनयुद्धको नेतृत्व गर्नुभयो, त्यसका लागि धेरै धन्यवाद छ । अहिले उहाँ फेरि फर्किर पहिलेकै ठाउँमा पुग्नुभयो । त्यसमाबारे गम्भीर समीक्षा गर्नुपर्छ’, उनले भने, ‘निष्पक्ष छानबिन गरौँ । अब नढाँटीकन एउटा किताब लेख्नोस् । तपाईँ के चिजले प्रभावित गर्यो ? कहाँ बिग्रियौँ ? यसमा राम्रो समीक्षा गरौँ । त्यसै एकताको कुरा गरेर हुँदैन । बाहिर चुनावी राजनीति गरेर हुँदै ।’
माओवादी अहिले वैज्ञानिक समाजवादमा जान डराइराखेकोले सम्पूर्ण माओवादी घटक एक हुन नसकेको उनले स्पष्ट पारे । दलाल पुँजीवादको पछि लागेर समाजवाद नआउने भन्दै वलीले यसमा गम्भीर समीक्षा नभएसम्म पार्टी एकता हुन नसक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण