तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा पटका पड्काउनाले सामान्य जलनदेखि आगलागी, ध्वनि प्रदूषण र वायु प्रदूषणबाट समेत स्वास्थ्य सम्बन्धी समस्या हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
यस्तै, असन्तुलित खानपान तथा जीवनशैलीका कारण पनि स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले स्वास्थ्यमैत्री खानपान र जीवनशैलीलाई आत्मसाथ गर्न सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तै, मन्त्रालयले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका दीर्घरोगीहरूले सोको उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न समेत आग्रह गरेको छ ।
सार्वजनिक बिदाका दिनहरूमा पनि अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह, एम्बुलेन्स सेवा ( हटलाइन नम्बर “१०२”) आदि तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ‘प्रदेश स्पोर्टस अवार्ड’ : ८ विधाका १२ जना पुरस्कृत हुने
-
नेपालका पूर्वी र मध्य क्षेत्रमा एकैपटक गयो बिजुली, के हाे कारण ?
-
निर्मला पन्त प्रकरण : पत्रकार खेम भण्डारीलाई एक महिना कैद, एक लाख क्षतिपूर्तिको सजाय
-
काठमाडौँबाट माइक्रो बस चोरी, धादिङबाट समातिए
-
‘यो संविधानले मध्यम वर्गको समेत रक्षा गर्न सकेको छैन’
-
कांग्रेस महामन्त्री सगरमाथा आरोहण गर्दै