तिहारमा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तिहारमा सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले एक सूचना जारी गर्दै अव्यवस्थित रुपमा पटका पड्काउनाले सामान्य जलनदेखि आगलागी, ध्वनि प्रदूषण र वायु प्रदूषणबाट समेत स्वास्थ्य सम्बन्धी समस्या हुन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
यस्तै, असन्तुलित खानपान तथा जीवनशैलीका कारण पनि स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले स्वास्थ्यमैत्री खानपान र जीवनशैलीलाई आत्मसाथ गर्न सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।
यस्तै, मन्त्रालयले स्वास्थ्यकर्मीको सल्लाह बमोजिम औषधि सेवन गरिरहेका दीर्घरोगीहरूले सोको उचित व्यवस्था गरी नियमित औषधि सेवन गर्न समेत आग्रह गरेको छ ।
सार्वजनिक बिदाका दिनहरूमा पनि अस्पतालहरूमा आकस्मिक स्वास्थ्य सेवा उपलब्धताको सुनिश्चितताका साथै आकस्मिक चिकित्सकीय समूह, एम्बुलेन्स सेवा ( हटलाइन नम्बर “१०२”) आदि तयारी अवस्थामा रहन समेत आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण