रंगशालाको गेटदेखि मैदानसम्मै सुरक्षाकर्मी परिचालन
काठमाडौँ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलका लागि पर्याप्त सुरक्षा व्यवस्था मिलाएको प्रहरीले जनाएको छ ।
साँझ १८ः ३० बजे नेपाल र बंगलादेशबीच फाइनल खेल हुँदै छ । उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसमेत रंगशाला जाने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख एसएसपी वसन्त रजौरेका अनुसार खेल हुने स्थान दशरथ रंगशाला र आसपासमा सुरक्षाको राम्रो व्यवस्था गरिएको छ । उनले विभिन्न कोणबाट सुरक्षा विश्लेषण गर्दै सोही अनुसार सुरक्षाकर्मी परिचालन भएको बताए ।
‘हामीले सुरक्षाका विभिन्न कोणबाट विश्लेषण गरेर सुरक्षाकर्मी तैनाथ गरेका छौ’, एसएसपी रजौरेले रातोपाटीसँग भने,‘जिल्ला सुरक्षा समितिसहित अन्य पक्षसँग समेत छलफल र समन्वय गरेर तयारी भएको छ ।’
त्यस्तै उनले रंगशालाको गेट, प्याफिट, खेल मैदान सवैतिर फरक फरक टोली खटाइएको बताए । ‘त्यसबाहेक बम डिष्पोजल टोली, एम्बुलेन्स पनि तयारी अवस्थामा राखेका छौ’, उनले भने, ‘आवश्यकताअनुसार बर्दी र सादा पोसाकका प्रहरीले सुरक्षा प्रदान गर्नेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण