महाकविको ११६ औँ जन्मजयन्तीको अवसरमा कविता वाचन
बुधबार, १४ कात्तिक २०८१, २२ : ३०
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसरमा आज कविता वाचन गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयले यहाँ आज आयोजना गरेको कविता वाचन कार्यक्रममा कविहरुले मुलुकको राजनीतिक परिस्थितिलाई व्यङ्ग्य गर्दै समसामयिक विषयमा कविता वाचन गरेका थिए ।
कविहरु बाला बस्नेत, शैलेन्द्र साकार, नरनाथ लुइँटेल, शेखर आचार्य, पुरुषोत्तम सुवेदी, अनिता लामा, जीवनाथ धमला, डा.पद्मप्रसाद देवकोटा, मनोज न्यौपाने, प्रमोद शर्मा दाहाल, गणेशकुमार राई, मीना थिङ, चेतनाथ धमला, रेणुका भट्टराई र घना भट्टराईलगायतले महाकवि देवकोटा, प्रकृति र देशको समसामयिक विषयमा कविता वाचन गरेका थिए ।
सोही अवसरमा प्रतिष्ठानका कुलपति भूपाल राईले प्रतिष्ठानले महाकवि देवकोटाबारे थप अध्ययन र अनुसन्धान गर्ने योजना सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण