काराबाओ कप : सिटी हार्दा युनाइटेड क्वार्टरफाइनलमा
लण्डन । टोटनह्याम हटस्पर्सले म्यानचेस्टर सिटीलाई हराउँदै काराबाओ कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्पर्स २–१ गोलले विजयी बनेको हो ।
खेलको ५ औँ मिनेटमा टिमो वेर्नरले स्पर्सलाई अग्रता दिलाएका थिए । २५ औँ मिनेटमा पापे सारले टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको इन्जुरी समयमा म्याथेयस नुनेसले सिटीका लागि एक गोल फर्काए । तर, दोस्रो हाफमा कुनै गोल हुन नसकेपछि खेल स्पर्सले आफ्नो पक्षमा पार्न सफल भयो ।
अब टोलीले अर्को चरणमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ । भर्खरै प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेर अन्तरिम प्रशिक्षक रुड भान निस्टलरोयको नेतृत्वमा रहेको युनाइटेडले बुधबार नै लेस्टर सिटीमाथि शानदार जित हात पार्यो ।
टोलीले लेस्टरलाई ५–२ गोल अन्तरले हराउन सफल भयो । खेलको १५ औँ मिनेटमा ब्राजिलियन मिडफिल्डर कासेमिरोले टोलीका लागि पहिलो गोल गरेका थिए ।
२८ औँ मिनेटमा अलेहान्द्रो गानाचोले टोलीको अग्रता दोब्बर बनाए । ३३ औँ मिनेटमा बिलाल एल खानोसले लेस्टरका लागि एक गोल फर्काए पनि ३ मिनेटपछि नै ब्रुनो फर्नान्डेजले टोलीको दुई गोलको अग्रता कायम राखे ।
३९ औँ मिनेटमा कासेमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता फराकिलो बनाए । तर, पहिलो हाफको अतिरिक्त समयमा कोनर कोडीले युनाइटेडको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै स्कोर ४–२ को अवस्थामा ल्याइपुर्याए ।
दोस्रो हाफको ५९ औँ मिनेटमा ब्रुनो फर्नान्डेजले अर्को गोल गरेपछि लेस्टर खेलमा फर्कन सकेन । युनाइटेड र स्पर्सबिचको खेलमा १६ डिसेम्बरमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण