ह्यारिसले जिते तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन् : ट्रम्प
वासिङ्टन डीसी । नोभेम्बर ५ मा अमेरिकामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नो एक सम्बोधनमा कमला ह्यारिसलाई निशाना बनाएका छन् । ‘उनले (कमल ह्यारिस)ले जितिन् भने तेस्रो विश्वयुद्धमा लाखौं मानिस मारिनेछन्,’ आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ट्रम्पले भने ।
ह्यारिस पूर्णतया अयोग्य भएको र यसका कारण उनी अमेरिकाको राष्ट्रपति बन्न योग्य नभएको पनि उनले बताए । ‘सबैलाई थाहा छ कि उनी पूर्णतया अयोग्य छिन् । कसैले उनलाई सम्मान गर्दैनन्, कसैले उनीमाथि विश्वास गर्दैनन्, कसैले उनलाई गम्भीर रूपमा लिँदैन ।’ आफ्नी प्रतिद्वन्द्वीलाई निशाना बनाउँदै ट्रम्पले भने ।
ह्यारिस राष्ट्रपति बने भने उनले लाखौं मानिसहरूलाई तेस्रो विश्वयुद्धमा धकेल्ने आरोप पनि उनले लगाए । यसअघि डेमोक्रेटिक पार्टीकी राष्ट्रपति पदका उम्मेदवार तथा वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले ट्रम्पलाई निशाना बनाएकी थिइन् ।
उनले उनी डराउने भएकोले आफूहरूलाई विभाजित गर्न चाहेको बताएकी थिइन् । तर धेरै जनता यी सबै कुराबाट थाकेको अनि एक अर्कालाई औंला उठाउन चाहँदैनन् बरु हात मिलाउन चाहन्छन् भनेर भनेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण