पहिलो एकदिवसीयमा क्यारेबियन टोलीले इङ्ल्यान्डलाई हरायो
काठमाडौँ । वेस्ट इन्डिजले बिहीबार राति सम्पन्न पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भ्रमणकारी टोली इङ्ल्यान्डलाई डकवर्थ एन्ड लुइस नियमका आधारमा आठ विकेटले हराएको छ । जितसँगै घरेलु टोली वेस्ट इन्डिजले तीन खेलको शृंखलामा १–० को अग्रता पनि लिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको इङ्ल्यान्डले ४५.१ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रनमात्र बनाउन सक्यो । वर्षाका कारण वेस्ट इन्डिजले ३५ ओभरमा एक सय ५७ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको वेस्ट इन्डिजले २५.५ ओभरमै केवल दुई विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । वेस्ट इन्डिजको जितमा ओपनर ब्याट्सम्यान एभिन लेविसले ९४ रनको योगदान गरे । उनले केवल ६९ बलमा आठ छक्का र पाँच चौका प्रहार गरे ।
३२ वर्षीय लेविसले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो ११औँ अर्धशतक हो । क्यारेबियन टोलीका लागि अर्का ओपनर ब्रान्डन किङ्ले पनि ३० रनको योगदान गरे । उनले ५६ बलको सामना गरी तीन चौका हिर्काए ।
केसी कार्टीले अविजित १९ र कप्तान साई होपले अविजित ६ रन बनाए । इङ्ल्यान्डका बलर आदिल रसिद र लियाम लिभिङ्स्टोनले एक–एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको इङ्ल्यान्डका लागि कप्तान लिभिङ्स्टोनले सर्वाधिक ४८ रन बनाएका थिए ।
साम कुर्रनले ३७ रन जोडे । ज्याकोब बेथेलले पनि २७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोषजनक रहेन । इङ्ल्यान्डलाई सस्तोमा समेटने क्रममा क्यारेबियन बलर गुडाकेश मोटीले चार विकेट लिए । म्याथ्यू फोर्ड, जेडन सिलेश र अल्जारी जोसेफले पनि दुई–दुई विकेट हात पारे ।
घरेलु टोली वेस्ट इन्डिजका गुडाकेश मोटी प्लेयर अफ दि म्याच घोषित भए । वेस्ट इन्डिज र इङ्ल्यान्डबिचको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय शनिबार राति खेलिने छ । तेस्रो खेल भने बुधबार खेलिने छ । त्यसपछि यी दुई टोलीबिच पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय शृंखला सुरु हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण