आईपीएल २०२५ : यी खेलाडी भए ‘रिटेन’
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)को ‘रिटेन’ (आगामी सिजनका लागि आफूसँगै राख्ने) सूची जारी भएको छ । आईपीएलको टिमलाई बढीमा ६ खेलाडी ‘रिटेन’ गर्ने सुविधा थियो ।
दिल्ली क्यापिटल्सले ४ खेलाडीलाई रिटेन गरेको छ । जस अनुसार अक्षर पटेल (१६.५ करोड) कुलदीप यादव (१३.२५ करोड), ट्रिस्टन स्टब्स (१० करोड रुपैयाँ), अभिषेक पोरेल (४ करोड) भारुमा रिटेन गरिएको हो ।
रोयल च्यालेन्जर बेंग्लोरले तीन खेलाडीमात्र रिटेन गरेको छ । जसअनुसार विराट कोहली (२१ करोड), रजत पाटीदार (११ करोड) र यश दयाल (५ करोड) रुपैयाँ भारुमा रिटेन भएका हुन् ।
राजस्थान रोयल्सले ६ खेलाडीलाई रिटेन गरेको छ । राजस्थान रोयल्सले सन्जु सामसन (१८ करोड) यशस्वी जयसवाल (१८ करोड), रियाग परान (१४ करोड), ध्रुव जुरेल (१४ करोड), शिरोन हिटमायर (११ करोड) र सन्दीप शर्मा (४ करोड) भारुमा रिटेन गरेको हो ।
सनराइजर्स हैदरावादले ५ खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार हेनरिक क्लासेन (२३ करोड), प्याट कमन्सि (१८ करोड), अभिषेक शर्मा (१४ करोड), ट्रेविस माएकल हेड (१४ करोड), नीतीश कुमार रेड्डी (६ करोड) भारुमा रिटेन भएका छन् ।
चेन्नई सुपर किङ्ग्सले पनि पाँच खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार ऋतुराज गायकवाड (१८ करोड), मथीशा पथिराना (१३ करोड), शिवम दुबे (१२ करोड), रविन्द्र जडेजा (१८ करोड), एमएस धोनी (४ करोड) भारुमा रिटेन भएका छन् ।
मुम्बई इन्डियन्सले आफ्ना पाँच खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार जसप्रित बुमराह (१८ करोड), सूर्यकुमार यादव (१६.३५ करोड), हार्दिक पाण्ड्या (१६.३५ करोड), रोहित शर्मा (१६.३० करोड) र तिलक वर्मा (८ करोड) भारुमा रिटेन भएका छन् ।
यस्तै, कोलकाता नाइटराइडर्सले ६ खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार रिंकु सिंह (१३ करोड), वरुण चक्रवर्ती (१२ करोड) सुनील नरेन (१२ करोड), आन्द्रे रसेल (१२ करोड) भारुमा रिटेन भएका छन् ।
लखनउ सुपरजायन्ट्सले ५ खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार निकोलस पूरन (२१ करोड), रवि बिश्नोई (११ करोड), मयंक अग्रवाल (११ करोड), मोहसिन खान (४ करोड), आयुष बडोनी (४ करोड) भारुमा रिटेन भएका छन् ।
गुजरात टाइटन्सले पाँच खेलाडीलाई रिटेन गरेको छ । जसअनुसार राशिद खान (१८ करोड), शुभमन गिल (१६.५० करोड), साई सुदर्शन (८.५० करोड), राहुल तेवतिया (४ करोड) र शाहरुख खान (४ करोड) भारुमा रिटेन भएका हुन् ।
पञ्जाब किङ्ग्सले दुई खेलाडीलाई मात्र रिटेन गरेको छ । जसअनुसार शशांक सिंह (५.५ करोड) र प्रभसिमरन सिंह (४ करोड) मा रिटेन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लाभग्राही बनाएर भत्ता वितरण, वडाध्यक्षसहित ४२ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
-
‘कानुन सुधार र निर्माण वर्ष’लाई सफल बनाउन आग्रह
-
यूके पठाइदिने भन्दै ठगी गर्ने महिला पक्राउ
-
फिफा विश्वकप : इतिहास दोहोर्याएको स्पेन (भिडियो)
-
सुनचाँदी व्यवसायी संस्थाहरूबिचको दूरी घटाउन अध्यक्ष फोरम
-
क्षणभरमै खरानी बनेको मन्त्री निवास अझै बनेन, मन्त्रीहरूलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण