ह्यारिसले लस भेगासमा जेनिफर लोपेजसँग चुनावी र्याली गर्ने
वासिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावको अभियानको एक भागको रूपमा लस भेगासमा एक र्याली गर्नेछिन् । ह्यारिसको यो र्यालीमा प्रसिद्ध अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेजले पनि आफ्नो उपस्थिति जनाउने भएकी छिन् ।
यसैबिच अमेरिकी अर्बपति व्यापारी तथा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लूमबर्गले ह्यारिसलाई समर्थन गर्ने घोषणा गरेका छन् । आफ्नो समर्थनको घोषणा गर्दै उनले भने, ‘म ह्यारिससँग हरेक मुद्दामा सहमत छैन, तर यो हप्ताको सुरुमा मैले बिना हिचकिचाहट उनलाई भोट दिएँ ।’
नीतिको कुरा आउँदा ट्रम्प र ह्यारिस बीच भिन्नता छुट्याउन अलि गाह्रो हुने पनि उनले बताए । हालै माइकल ब्लूमबर्गले ह्यारिसको चुनावी अभियानलाई समर्थन गर्ने गैर–लाभकारी संस्थालाई ५ करोड डलर दान दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण