हङ्कङ इन्टरनेशल सिक्सेस क्रिकेट : भारतलाई हराउँदै पाकिस्तान तालिकाको अग्रस्थानमा
काठमाडौँ । हङकङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई हराएको छ । पाकिस्तानले भारतलाई ६ विकेटले पराजित गरेको हो ।
हङकङमा जारी उक्त प्रतियोगितामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ६ ओभरमा दुई विकेट गुमाएर एक सय १९ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानी टोलीले भने पाँच ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २१ रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो ।
पाकिस्तानको जितमा आसिफ अलीले ५५ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान आसिफ अलीले केवल १४ बलको सामना गरी सात छक्का र दुई चौका प्रहार गरे ।
अर्का ओपनर मुहम्मद अखलकले पनि टोलीका लागि ४० रनको योगदान गरे । उनले केवल १२ बलको सामना गरी चार छक्का र तीन चौका हिर्काए । कप्तान फाहिम असरफ २२ रनमा अविजित रहे ।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि ओपनर ब्याट्सम्यान भरत चिप्लीले ५३ रन बनाएका थिए । उनले केवल १६ बलको सामना गरी चार छक्का र ६ चौका हिर्काएका थिए ।
अर्का ओपनर रोविन उथप्पाले पनि टोलीका लागि ३१ रनको योगदान गरे । भारतीय टोलीको कप्तान समेत रहेका रोविन उथप्पाले केवल आठ बलमा तीन छक्का र तीन चौका प्रहार गरे ।
मनोज तिवारी १७ रनमा अविजित रहे । उनले सात बलमा एक छक्का र दुई चौका प्रहार गरे । पाकिस्तानी टोलीका बलर फाहिम असरफले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय समितिमा चार सदस्यहरू हेरफेर
-
रास्वपा कर्णाली अधिवेशन: निर्वाचन प्रक्रिया सुरु
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक नेपालभरको प्रयोगशाला सञ्चालन गर्ने विधेयक होइन : मन्त्री पुन
-
बलियो सरकार, कमजोर नैतिकता र ‘ह्वाटअबाउटिज्म’को दलदल
-
आउनुस्, हाम्रो सामुदायिक विद्यालयलाई जोगाऔँ !
-
यार्सागुम्वा उत्पादन ६० प्रतिशतले घट्यो : सांसद बुढा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण