कमला ह्यारिसको लस भेगासमा आयोजित र्यालीमा जेनिफर लोपेजले के भनिन् ?
वासिङटन डीसी । अमेरिकामा नोभेम्बर ५ मा हुन लागेको राष्ट्रपतिको निर्वाचनको तयारी तीव्र चलिरहेको छ । यसैबिच डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले लस भेगासमा आफ्नो चुनावी र्याली गरेकी थिइन् । यस क्रममा आफ्नो सम्बोधनमा वर्तमान उपराष्ट्रपति समेत रहेकी ह्यारिसले अमेरिका डोनल्ड ट्रम्पले सिर्जना गरेको विभाजनबाट थकित भएको बताइन् ।
‘हामी कठिन सङ्घर्षबाट डराउँदैनौँ र जित्नेछौँ,’ र्यालीलाई सम्बोधन गर्दै कमला ह्यारिसले भनिन् । आफूले जिते भने हरेक दिन आफ्नो ध्यान अमेरिकी अर्थतन्त्रमा ध्यान केन्द्रित हुने पनि उनले बताइन् । ह्यारिसका अनुसार न्यूनतम पारिश्रमिक बढाउनेछिन् र काम गर्ने मानिसहरूका लागि लड्नेछिन्।
कमला ह्यारिसको लस भेगासको र्यालीमा प्रसिद्ध अमेरिकी गायिका जेनिफर लोपेज पनि सहभागी भएकी थिइन् । कमला ह्यारिसको स्टेजमा जेनिफर लोपेज उपस्थित थिइन् । ‘मैले अहिलेसम्म भाग लिएको यो सबैभन्दा महत्त्वपूर्ण फोरम हो,’ लोपेजले भनिन् । आफूले महिलाको शक्तिमा विश्वास गर्ने र महिलासँग चुनावमा परिवर्तन ल्याउने तागत भएको पनि उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण