सगरमाथा क्षेत्रमा लडेर घाइते भएका जापानी नागरिकको उद्धार
सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानी नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार खुम्बु भ्रमणमा आएका शिशिडो बिहीबार दिउँसो ३ बजेको समयमा हिँड्ने क्रममा लडेर घाइते भएका थिए । खुम्बु क्षेत्रको भ्रमणमा आएका उनी रातको समयमा छुकुमबाट खुम्ब्युलापास गएर फर्कंदा बाटो बिर्सिएर अन्यत्र पुगेका थिए ।
पदमार्गबाट अन्दाजी १० मिटर तल लडेर घाइते भएका शिशिडोको प्रहरी र स्थानीयले उद्धार गरेको डिएसपी घिमिरेले बताए । उनले भने, “उहाँको टाउको, अनुहार, खुट्टामा सामान्य चोट लागेको छ, हामीले उद्धार गरी दिङ्बुचे क्लिनिकमा उपचार गरायौँ, अहिले स्वास्थ्य लाभ गरिरहनुभएको छ । घाइते पर्यटकको टाउको, अनुहार र खुट्टामा चोट लागेको छ ।”
दिङ्बोचे स्वास्थ्य चौकीमा सामान्य उपचारपश्चात् उनी काठमाडौँ फर्कने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सगरमाथा क्षेत्रमा यस बेलामध्ये पर्यटक सिजन भएकाले फर्कने पर्यटकहरुको चाप धेरै रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । चिसो बढ्दै गएकाले भित्रिनेभन्दा बाहिरिने पर्यटकको चाप बढी रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण