रोनाल्डो चुक्दा रोकियो अल नासर
रियाद । क्रिस्टियानो रोनाल्डोको अल नासर साउदी प्रो लिगमा अल हिलालसँग बराबरीमा रोकिएको छ । खेलको सुरुवातमा नै लिएको अग्रता जोगाउन नसक्दा टोली १–१ को बराबरी खेल्न बाध्य बनेको हो ।
शुक्रबार भएको खेलको पहिलो मिनेटमा नै अल नासरले अग्रता लिएको थियो । टालिस्काले ओटाभिडोको पासमा टोलीलाई अग्रता दिलाए ।
३८ औँ मिनेटमा साबिक विजेता अल हिलालले गोलको अवसर पाएको थियो । अलेक्सान्डर मिट्रोविचले गोल पनि गरे, तर त्यसलाई अफसाइड भन्दै रद्द गरिएको थियो ।
दोस्रो हाफमा अल हिलालले खेलमा थप नियन्त्रण बनायो । ७७ औँ मिनेटमा सर्बियन मिडफिल्डर सर्गेज मिलिन्कोविच साभिचले गोल गर्दै खेल बराबरी गरे ।
खेलमा रोनाल्डोले पहिलो हाफमा गोल गर्ने केही अवसरबाट चुकेका थिए । पहिलो हाफको अन्त्यमा जोआ क्यानसेलोलाई फल हानेपछि उनले पहेँलो कार्ड पनि पाए ।
९ खेलपछि अल हिलाल २५ अङ्कसहित लिगको शीर्ष स्थानमा छ । अल नासर भने १९ अङ्कसहित तेस्रो स्थानमा सीमित रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण