हङकङ सिक्सेस प्रतियोगिता : नेपालको लगातार दोस्रो जित, अस्ट्रेलिया पनि नतमस्तक
काठमाडौँ । द हङकङ सिक्सेस प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । शनिबार भएको खेलमा नेपालले अस्ट्रेलियालाई ११ रनले हराएको हो ।
नेपालले प्रस्तुत गरेको १ सय १२ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १ सय रन मात्र बनाउन सक्यो । अस्ट्रेलियाका लागि ज्याक वुडले सर्वाधिक ५५ रन बनाए । उनले मात्र १२ बलमा ४ चौका र ६ छक्का प्रहार गरे ।

एलेक्स रसले १४ रन जोडे । नेपालका लागि प्रतिश जिसीले ३ विकेट लिए । उनले २ ओभरमा मात्र २४ रन खर्चिए । त्यस्तै, लोकेश बम र विवेक यादवले १ विकेट लिए ।
पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा १ सय ११ रन बनाएको थियो । टोलीका लागि कप्तान सन्दीप जोराले सर्वाधिक ५१ रनको योगदान दिए । उनले मात्र १६ बलमा ५ चौका र ५ छक्का प्रहार गरे ।
त्यस्तै, लोकेश बमले १३ बलमा ३३ रन जोडे । उनले ३ चौका र ३ छक्का हिर्काए । विवेक यादव र रासिद खानले १२–१२ रन बनाए । अस्ट्रेलियाका लागि दुवै विकेट ज्याक वुडले लिए ।
पूल बीमा रहेका नेपाल र अस्ट्रेलिया यसअघि नै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरिसकेका थिए । दुवै टोलीले शुक्रबार इंग्ल्याण्डलाई हराएसँगै अर्को चरणमा स्थान पक्का गरेका थिए । आजको खेलपछि नेपाल समूहको विजेता र अस्ट्रेलिया उपविजेता बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण