सिटीमाथि बोर्नमाउथको ऐतिहासिक जित
लण्डन । एएफसी बोर्नेमाउथले शनिबार प्रिमियर लिगमा म्यानचेस्टर सिटीमाथि ऐतिहासिक जित हात पारेको छ । टोलीले सिटीलाई हराएको यो पहिलो अवसर हो ।
यसअघि एस्टन भिल्ला र आर्सलनविरुद्धको पछिल्ला दुई खेलमा चार अङ्क बटुल्दै राम्रो फर्ममा रहेको बोर्नेमाउथले सुरुदेखि नै आक्रामक खेल प्रदर्शन गरेको थियो । दुई मिनेटभित्रै सिटीका गोलकिपरले एन्टोनी सेमेन्यो र जस्टिन कुलाइभर्टको प्रहार रोक्नु परेको थियो ।
नवौँ मिनेटमा मिलोस कर्कजको पासमा सेमेन्योले टोलीलाई अग्रता दिलाए । उता, सिटीले भने पहिलो हाफमा विपक्षीको गोलपोस्टमा एउटा पनि आक्रमण नै गर्न सकेन ।
दोस्रो हाफमा पनि बोर्नेमाउथले उत्कृष्ट प्रदर्शन जारी राख्यो । ६४ औँ मिनेटमा मिलोसले नै इभानिल्सनका लागि गोलको अवसर सिर्जना गरे ।
८० औँ मिनेटमा सिटीले विपक्षीको पोस्टमा गरेको पहिलो प्रहार नै गोलमा परिणत भयो । जोस्को ग्भार्डिओलले सिटीका लागि एक गोल फर्काए ।
तर, साबिक विजेता टोलीले त्यसपछि बराबरी गोल भने फर्काउन सकेन । पराजयसँगै सिटी अङ्क तालिकामा दोस्रो स्थानमा खस्किएको छ ।
१० खेलबाट सिटीको २३ अङ्क छ । बोर्नेमाउथ भने १० खेलबाट १५ अङ्क बटुलेर आठौँ स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिन्स र रशिलालाई ललितपुर मेयर कपमा उपाधि
-
वामपन्थीहरू एक भए देश विकास हुन्छ : महासचिव गुरुङ
-
महिला ह्विलचेयर बास्केटबलमा डब्ल्यूएसए पहिलो
-
‘सिंहदरबार र बालुवाटारमा नेपाली सोफाको प्रयोग हुनुपर्छ’
-
गढीमाई मेलाका भक्तजनका लागि आधारभूत सेवा पुर्याउन मन्त्री यादवको निर्देशन
-
दोस्रो इलाम गोल्डकप सुरू, सङ्कटालाई ‘ट्राइबेकर’ मा हराउँदै आयोजक विजयी