शनिबार, २२ मङ्सिर २०८१
ताजा लोकप्रिय

हङ्कङ सिक्सेस क्रिकेट : बलियो अस्ट्रेलियालाई हराउँदै पाकिस्तान फाइनलमा

आइतबार, १८ कात्तिक २०८१, ११ : ५३
आइतबार, १८ कात्तिक २०८१

काठमाडौँ । पाकिस्तानी टोलीले हङ्कङ इन्टरनेशनल सिक्सेस क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको छ । पाकिस्तानी टोली आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनलमा पुगेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ६ ओभरमा एक विकेट गुमाएर एक सय सात रन बनाएको थियो । अस्ट्रेलियाका लागि डन क्रिस्टियनले अविजित ४२ रनको योगदान गरे । उनले केवल १० बलमा ६ छक्का र एक चौका हिर्काए ।

ज्याक उडले पनि टोलीको खातामा ३६ रन थपे । उनले १७ बलमा दुई छक्का र चार चौका हिर्काए । कप्तान समेत रहेका ओपनर साम हेजलेटले पनि केवल नौ बलमा तीन छक्का र एक चौकाको मद्दतले अविजित २६ रन बनाए ।

जवाफी ब्याटिङ गरेको पाकिस्तानले भने ५.५ ओभरमा दुई विकेट गुमाएर एक सय नौ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । पाकिस्तानका लागि ओपनर मुहम्मद अखलकले ३२ रन बनाए । उनले १० बलमा तीन छक्का र तीन चौका हिर्काए ।

अर्का ओपनर आसिफल अलीले पनि ३२ रन जोडे । उनले आठ बलमा पाँच छक्का प्रहार गरे । कप्तान फाहिम असरफले अविजित १९ रन जोडे । उनले नौ बलमा दुई छक्का र एक चौका प्रहार गरे । आमेर यामिनले अविजित २४ रन जोडे । उनले आठ बलमा दुई छक्का र दुई चौका प्रहार गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?