विवादका कारण पटक–पटक रोकिएको खेलमा इन्टर मिलानले भेनेजियालाई हरायो
काठमाडौँ । इटालियन सिरिए फुटबलको आफ्नो पछिल्लो खेलमा इन्टर मिलानले सफलता हात पारेको छ । इन्टर मिलानले घरेलु मैदानमा सम्पन्न खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी भेनेजियामाथि १–० गोलको सँघर्षपूर्ण जित हासिल गर्यो ।
भेनेजियाले खेलको प्रारम्भदेखि नै इन्टर मिलानलाई दबाबमा राखेको थियो । त्यसैले खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफमा इन्टर मिलानले गोल गरेको थियो । इन्टरका लागि अनुभवी खेलाडी लाउटारो मार्टिनेजले निर्णायक गोल गरेका थिए ।
जितसँगै इन्टर मिलान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । इन्टर मिलानले ११ खेलबाट २४ अंक बटुलेको छ । इन्टर मिलानले हालसम्म सात खेलमा, तीन खेलमा बराबरी र एक खेलमा हारको नतिजा निकालेको छ ।
समान खेल खेलेको नापोली २५ अंकसहित तालिकाको पहिलो स्थानमा छ । इन्टर मिलानको जितपछि एटलान्टा तेस्रो स्थानमा झरेको छ । एटलान्टाले हालसम्म ११ खेलबाट २२ अंक बटुलेको छ । भेनेजिया भने ११ खेलबाट आठ अंक जोड्दै तालिकाको १८औँ स्थानमा छ ।
इन्टर मिलान र भेनेजियाबिचको खेल विवादित पनि बनेको थियो । इन्जुरी समयमा भेनेजियाका लागि मारिन भेर्कोले गोल गरेका थिए । तर, गोलअघि नै हातले बल छोएको भन्दै रेफ्रीले गोललाई मान्यता दिन अस्वीकार गरेका थिए ।
त्यसपछि भीडीयो असिस्टेन्ट रेफ्री (भीएआर) को मद्दतले पटक–पटक उक्त क्षणको फुटेज नियालिएको थियो । अन्ततः भीएआरले परीक्षणबाट पनि उक्त गोलले मान्यता पाउन सकेन । त्यसपछि इन्टर मिलान ढुक्क देखिएको थियो ।
त्यसअघि दोस्रो हाफको प्रारम्भदै इन्टर मिलानले गरेको गोललाई पनि रेफ्रीले अफसाइड घोषित गरेका थिए । त्यो विषयलाई लिएर पनि खेल केही समय अवरुद्ध बनेको थियो । त्यसका लागि भीएआरको मद्दत लिइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
-
फेवाताल किनारमा नकुहिने फोहोरको डङ्गुर (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण