चर्चित विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान साहको सन्न्यास घोषणा
काठमाडौँ । भारतका लागि टेस्ट र एकदिवसीय प्रतियोगिता खेलिसकेका चर्चित क्रिकेटर रिद्धिमान साहले सक्रिय खेलजीवनबाट सन्न्यासको घोषणा गरेका छन् । उनी प्रभावशाली विकेटकिपर ब्याट्सम्यान हुन् ।
निरन्तर १७ वर्ष खेल मैदानमा बिताएपछि उनले ४० वर्षको उमेरमा सन्न्यासको घोषणा गरेका हुन् । उनी हाल बंगालका लागि रणजी ट्रफी खेल्दैछन् । उनले रणजी ट्रफीको यो सिजन आफ्नो सक्रिज खेलजीवनको अन्तिम प्रतियोगिता हुने बताएका छन् ।
उनले सन् २००७ मा रणजी ट्रफीमा बंगालको टोलीबाटै ‘डेब्यू’ गरेका थिए । त्यसैले आफ्नो सक्रिय खेलजीवनको अन्तिम खेल पनि बंगालबाटै खेल्ने निर्णय उनले लिएका हुन् । उनले लामो समय भारतको राष्ट्रिय टोलीबाट पनि खेलेका थिए ।
उनले भारतीय टोलीबाट सन् २०२१ को डिसेम्बरमा न्युजिल्यान्डविरुद्ध अन्तिम टेस्ट र सन् २०१४ को नोभेम्बरमा श्रीलंकाविरुद्ध अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले भारतका लागि ४० टेस्ट र नौवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् ।
टेस्टको ५६ पालीमा उनले कुल एक हजार तीन सय ५३ रन बनाएका छन् । यस क्रममा उनले तीन शतक र ६ वटा अर्धशतक पनि प्रहार गरेका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर एक सय १७ रन हो । टेस्टमा उनले ९२ क्याच र विकेटकिपरको भूमिकामा १२ स्टम्पिङ पनि गरेका छन् ।
यसैगरी, उनले एकदिवसीय अन्तर्राष्ट्रियको पाँच पालीमा कुल ४१ रन बनाएका छन् । यो ढाँचाको क्रिकेटमा उनले १७ वटा क्याच लिएका छन् भने एउटा स्टम्पिङ गरेका छन् । ‘मेरो जीवनसँग क्रिकेट अभिन्न रुपमा जोडिएको छ । तर, खेलाडीको भूमिकामा यो मेरो अन्तिम सिजन हुनेछ,’ उनले सामाजिक सञ्जालमार्फत सन्न्यासको घोषणा गर्दै भनेका छन् ।
उनले गुजरात टाइटन्सबाट इन्डियन प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन् । उनले उत्तर प्रदेशको टोलीबाट पनि खेलेका छन् । बंगाल क्रिकेट संघका सचिव देवब्रत दाससँग विवाद भएपछि उनी सन् २०२२ मा बंगाल छाडेर त्रिपुरा पुगेका थिए ।
त्यसपछि देवब्रतको दुई वर्षे कार्यकाल सकिएपछि उनले सन् २०२२–२३ सिजनमा उनी पुनः बंगाल फर्किएका थिए । राष्ट्रिय टोलीमा ऋद्धिमान साहको खेलजीवन महेन्द्रसिंह धोनीका कारण ओझेलमा परेको थियो । धोनी विकेटकिपरको भूमिकामा चम्किएपछि साह पछाडि परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण