दिल्ली विश्वकै प्रदूषित सहर, काठमाडौँ १८ औँ स्थानमा
_NNQfQWIqxh.jpg)
काठमाडौँ । भारतको राजधानी नयाँ दिल्ली वायु प्रदूषित सहरमध्ये विश्वकै पहिलो नम्बरमा दर्ज भएको छ । वायु प्रदुषणको स्तर मापन गर्ने वेबसाइट आईक्यु एयरका अनुसार दिल्लीको प्रदूषण सूचक ४१२ एक्युआई प्लस यूएस रहेको छ ।
त्यसपछि पाकिस्तानको लाहोर रहेको छ । लाहोरमा वायु प्रदुषण उच्च भएसँगै स्थानीय प्रशासनले लकडान नै जारी गरेको समाचारमा उल्लेख छ। जसअनुसार नोभेम्बर ४ देखि कम्तिमा एक हप्तासम्मका लागि विद्यालय बन्द गरिएको छ । लाहोरको एक्युआई २२० रहेको छ।
यस्तै भारतको कलकत्ता तेस्रो स्थानमा रहँदा इजिप्टको कायरो चौथो, बंगलादेशको ढाका पाँचौ, चीनको वुहान प्रदुषित सहरको छैटौँ स्थानमा रहेका छन् । यसैगरी भियतनामको होनाइ सातौ, यूएईको दुबई आठौँ, भारतको मुम्बई नवौँ, मंगोलियाको उलनबाटर दशौँ स्थानमा रहँदा काठमाडौँ पनि अठारौँ स्थानमा परेको छ ।
तिहारमा पड्काइएको पटाकाका साथै घुलो धुवाका कारण काठमाडौँमा प्रदुषण बढेको बताइएको छ । काठमाडौँको प्रदुषण सूचक ११३ एक्युआई रहेको छ । काठमाडौँमा प्रदुषण अत्यधिक हुने भएपनि सरोकारवाला निकायले न्युनीकरणमा खासै पहल गरेको पाइँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाँच प्रदेशमा फैलियो मनसुन, आज यी तीन प्रदेशमा धेरै वर्षा हुने सम्भावना
-
कस्ताे रहला तपाईँकाे दिन ? हेर्नुहाेस् आजकाे राशिफल
-
हेर्नुहाेस् शुक्रबारकाे अन्तर्राष्ट्रिय मुद्राकाे विनिमय दर
-
रविन्द्र र धवल शमशेरको विषयमा के भन्यो अदालतले ?
-
यस्तो छ अनेरास्ववियुको अन्तिम मत परिणाम, को-को भए निर्वाचित ?
-
म्याक्स ओ डाउडको ऐतिहासिक पारीले नेदरल्याण्ड्सलाई कीर्तिमानी जित