राजधानीको गौरीघाटमा यस्तो छ छठपूजाको तयारी, तस्बिरमा हेर्नुहोस्
काठमाडौँ । राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ । गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण भइरहेको हो ।
गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात् पूजा स्थल निर्माण भइरहेको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिले जनाएको छ । समितिले छठघाटको करिब ८० प्रतिशत निर्माण सम्पन्न भइसकेको बताएको छ ।
छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।
कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सखर, घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष कात्तिक २२ गते बिहीबार यस पर्वको मुख्य दिन परेको छ ।
- राति र बिहानको समयमा खिचिएका तस्बिर-
_MSwNIleVys.jpg)
_ZD2L13iSB4.jpg)
_rZAVzfAbKA.jpg)
_jVCkrj7I0A.jpg)
_wLSM0eayCz.jpg)
_urLSIoLLRN.jpg)
_c7fJ1BxPQV.jpg)
_lAaz2dN2M7.jpg)
_K9dZPThP6r.jpg)
_ibQ5FFnQxt.jpg)
_Ajzag2BLTE.jpg)
_UdrtDz0ErB.jpg)
_uxqWM3P1HX.jpg)
_Slm13iEpSx.jpg)
_eiBrmgwN70.jpg)
_MSTsoryC5Z.jpg)
_PctH40qTAU.jpg)
_3UsWodOtjL.jpg)
_pUsBvAz0QF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण