१५० जना नेपाली शान्ति सैनिक दक्षिण सुडान उडे
मङ्गलबार, २० कात्तिक २०८१, १४ : ४०
काठमाडौँ । संयुक्त राष्ट्र संघको दक्षिण सुडान स्थित मिसनमा तैनाथ रहन ईश्वरीबक्स गुल्म (शान्ति सेना, हाई रेडिनेश गुल्म) आठौँ डफ्फाका १५० जना नेपाली शान्ति सैनिकहरू त्यसतर्फ प्रस्थान गरेका छन् । प्रमुख सेनानी सन्तोष चन्दको नेतृत्वमा रहेको उक्त टोली संयुक्त राष्ट्र सङ्घको चार्टर विमानद्वारा काठमाडौँबाट मिसन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार जनाएको छ ।
त्यसैगरी सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना शान्ति सैनिकहरूको टोली सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा स्वदेश फर्किएको निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण