डिक्सभिल नोचमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पलाई बराबरी मत
वासिड्टन । अमेरिकी राष्ट्रपति पदका लागि निर्वाचन सुरु भएको छ । न्यू ह्याम्पशायरको डिक्सभिल नोचमा स्थानीय समयानुसार मंगलबार मध्यरातमा मतदान सुरु भएको हो ।
कुल ६ मतदाता रहेको यो मतकेन्द्रमा करिब १० मिनेटमै मतदान सकिएको थियो । मतदान लगत्तै मतपरिणाम घोषणा गरिएको छ । जसमा डेमोक्र्याट पार्टीकी उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले बराबर अर्थात् ३–३ मत पाएका छन् ।
न्यू ह्याम्पशायरको गभर्नर पदका लागि भएको चुनावमा यहाँका ६ मतदातामध्ये पाँच जनाले रिपब्लिकन उम्मेदवारलाई मत दिएका थिए । अघिल्लो राष्ट्रपति निर्वाचनमा यहाँका पाँच मतदाताले जो बाइडेनलाई मत दिएका थिए भने त्यसअघिको निर्वाचनमा सात मतदाता रहेकोमा चार जनाले डेमोक्रेटिक उम्मेदवार हिलारी क्लिन्टनलाई मत दिएका थिए ।
सबैभन्दा पहिला मतदान हुने भएकाले यहाँ पत्रकारहरू पनि समाचार सङ्कलनका लागि ठुलो सङ्ख्यामा पुग्ने गर्दछन् । यो मत केन्द्रको मत निर्णायक नहुने भए पनि कतिपयले यसलाई पूर्व सङ्केतका रूपमा चाख मानेर हेर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण