मुख्यमन्त्री आचार्यले लिए अर्घाखाँची बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अर्घाखाँची बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । मंगलबार बुटवलस्थित चौराहा अस्पताल पुगेर मुख्यमन्त्री आचार्यले घाइतेहरूको अवस्थाबारे जानकारी लिएको उनका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।
अर्घाखाँची भुमिकास्थान नगरपालिका–६ खिल्जीमा सोमबार भएको बस दुर्घटनामा परी घाइते भएकाहरूसँग भेट गर्दै उनले उपचारमा कुनै कमी नहुने गरी व्यवस्था मिलाइएको बताए । उनले उपचारमा कुनै कमी हुन नदिन स्वास्थ्यकर्मीहरूलाई निर्देशन समेत दिए ।
दुर्घटनामा दुई जनाको मृत्यु हुनुका साथै ३४ जना घाइते भएका थिए । भैलो खेलिरहेको समूहकै बिचबाट ना३ख २४७१ नम्बरको यात्रुवाहक बस अनियन्त्रित तवरले अघि बढ्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेहरूको अर्घाखाँची जिल्ला अस्पताल र बुटवलका विभिन्न अस्पताल उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
-
प्रदेश सरकारको चाबी नेकपाको हातमा, तर पार्टीभित्र दुई मत
-
गड्यौला मलले फेरियो किसानको दैनिकी, अर्गानिक खेतीबाट लाखौँ आम्दानी
-
सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण