म्यादीबाट ३ बालकसहित ८ जनाकाे उद्धार
म्याग्दी । मेची-महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत मंगलबार ८ जनाकाे उद्धार गरिएकाे छ ।
‘यो पटककाे चाडपर्वमा कसैले बस्न नपराेस् सडकपेटीमा’ भन्ने मूल नाराका साथ मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा उद्धार यात्रा हुँदै आएको छ ।
मेची-महाकाली राष्ट्रिय उद्धार यात्राका क्रममा मंगलबार म्यादीकाे बेनी नगरपालिकाका विभिन्न वडाबाट ३ बालकसहित ८ जना सहयाेगापेक्षी सडकआश्रित मानवहरु उद्धार गरिएकाे हाे ।
मंगलबार उद्धार हुनुभएका ८ जनालाई मानवसेवा आश्रम बागलुङ सेवाकेन्द्रमा संरक्षणका लागि लगिएकाे छ ।
असाेज २८ गतेबाट झापाकाे मेचीनगरदेखि सुरु भएकाे यात्रा मंगलबार म्याग्दीकाे बेनीबजारसम्म आइपुग्दा १७० जना सडक आश्रित मानवहरुकाे उद्धार गरिएकाे मानवसेवा आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीले बताए ।
१२९ पुरुष र ४१ महिलाकाे सङ्ख्या मध्ये ५ बालिका र ४ बालक पनि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण