अमेरिकी राष्ट्रपति निर्वाचन
नर्थ क्यारोलाइनामा कमलाभन्दा अगाडि ट्रम्प
बुधबार, २१ कात्तिक २०८१, ०८ : ५७
वासिङटन डीसी । अमेरिकामा जारी राष्ट्रपतिको निर्वाचनको प्रारम्भिक रुझानका अनुसार नर्थ क्यारोलाइनामा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् ।
अहिलेसम्म उक्त राज्यमा २६ प्रतिशत मात्र मतगणना भएको छ । यसमा ट्रम्पले कमलालाई उछिनेका छन् । राज्यमा कसले जित्ला भनेर अझै पर्खनुपर्नेछ ।
तर २६ प्रतिशत मतको गणना गर्दा ट्रम्पले ५३ दशमलव ७ प्रतिशत मत पाएका छन् भने डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले ४५ दशमलव १ प्रतिशत मत प्राप्त गरेकी छिन् । साउथ क्यारोलाइनामा पनि ट्रम्पकै अग्रता छ । ताजा मत परिणामअनुसार समग्रमा ट्रम्प अगाडि छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण