एएफसी च्याम्पियन्स लिग : अल–नासरको सजिलो जितमा रोनाल्डोको गोल
काठमाडौँ । एएफसी च्याम्पियन्स लिगको आफ्नो पछिल्लो खेलमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आबद्ध साउदी अरेबियन क्लब अल–नासरले सजिलो जित हात पारेको छ । अल–नासरले अल–आइनलाई ५–१ गोलको फराकिलो अन्तरले हराएको हो ।
अल–नासरको घरेलु मैदानमा खेलिएको खेलमा प्रारम्भदेखि नै अल–आइन दबाबमा परेको थियो । उक्त खेलमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले पनि एक गोल गरेका थिए । खेल सुरु भएको पाँचौँ मिनेटमै टालिस्काले अल–नासरका लागि पहिलो गोल गरेका थिए ।
यसैगरी, निर्धारित समयको ३१औँ मिनेटमा रोनाल्डोले टोलीको अग्रता दोब्बर बनाएका थिए । ३७औँ मिनेटमा अल–आइनका फाबियो कार्डोसोबाट आत्मघाती गोल भएपछि अल–नासर ३–० ले अगाडि बढेको थियो ।
निर्धारित समयको ५६औँ मिनेटमा अल–नासरका बेन्टोबाट आत्मघाती गोल भएपछि खेल ३–१ को स्थितिमा पुगेको थियो । ८१औँ मिनेटमा वेस्लीले अल–नासरका लागि चौथो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा टेलिस्काले अल–नासरका लागि पाँचौँ गोल थपेका थिए ।
टेलिस्काले ब्यक्तिगत रुपमा गरेको यो दोस्रो गोल थियो । हालसम्म चार खेल खेलेको अल–नासर अपराजित रहेको छ । अल–नासर १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा आसीन छ । अल–नासरले तीन खेलमा जित र एक खेलमा बराबरीको नतिजा निकालेको छ ।
पहिलो स्थानमा आसीन अल–हिलाल र दोस्रो स्थानमा आसीन अल–आहिलले भने समान खेलबाट १२–१२ अङ्क बटुलेका छन् । चार खेल खेलेको अल–आइन भने एक अङ्कसहित तालिकामा सबैभन्दा तल (१२औँ स्थान) मा छ । अल–आइन एक खेलमा बराबरीमा रोकिएको छ भने तीन खेलमा पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण