काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइँदै
बुधबार, २१ कात्तिक २०८१, १० : ३९
काठमाडौँ । काठमाडौँका ८ स्थानमा छठ पर्व मनाइने भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार गौरी घाट, कोटेश्वर दोभान, कमल पोखरी, वंशीघाट, बालाजु बाइसधारा, धौखेल खोला, कुमारी क्लब र भुवनेश्वरी मन्दिरमा छठ पर्व मनाइन लागिएको हो ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सबै आस्था र संस्कारहरूलाई सम्मान प्रकट गर्दै महानगरले काठमाडौँका ८ स्थानमा छठ व्यवस्थापनका लागि काम गर्दै आएको बताए । महानगरपालिकाले उल्लेखित स्थानमा छठ पर्व मनाउनका लागि पोखरी सरसफाइ, पोखरी वरिपरि रङ्गरोगन र छठ पर्व स्थल व्यवस्थापनको कामलाई द्रुतता दिएको उनले बताए ।
यस वर्षको छठको मुख्य दिन बिहीबार परेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण