गौरीशङ्कर गाउँपालिका उपाध्यक्षमा कांग्रेसले दियो शेर्पालाई टिकट
बुधबार, २१ कात्तिक २०८१, ११ : ३९

काठमाडौँ । नेपाली कांग्रेसले गौरीशङ्कर गाउँपालिका उपाध्यक्षमा पासाडिकी शेर्पालाई टिकट दिने निर्णय गरेको छ । पार्टी जिल्ला सभापति वर्मा लामाले दिएको जानकारी अनुसार जिल्लाले उनको नाम फाइनल गरेर केन्द्रलाई पठाएको छ ।
तत्कालीन गाउँपालिका उपाध्यक्ष श्यामसुन्दर तामाङको ५३ वर्षको उमेरमा २०८० साल असारमा निधन भएको थियो । सोही कारण यहाँ उपनिर्वाचन गर्नुपरेको हो । सभापति लामाका अनुसार शेर्पा स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् ।
‘उहाँ स्व. श्यामसुन्दरजीको धर्मपत्नी पनि हो । उहाँको नाम एकल सिफारिस भएर आएको थियो‚’ उनले भने‚ ‘हामीले निर्णय गरेर प्रदेश र केन्द्रमा पठाइ सकेका छौँ ।’
नेपाली कांग्रेसको विधान अनुसार गाउँपालिका अध्यक्ष र उपाध्यक्षको टिकट फाइनल गर्ने अधिकार जिल्ला संसदीय समितिलाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महको गुणस्तर वृद्धिमा जोड
-
सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ५४ प्रतिशत
-
राप्तीको नहरमा डुबेर एक युवकको मृत्यु
-
हज यात्राका क्रममा कम्तीमा १३ इरानीको मृत्यु
-
१० बजे १० समाचार : अमेरिकामा नेपालीको मृत्यु, पतञ्जलि जग्गा प्रकरणमा आरोप-प्रत्यारोप जारी
-
बेंगलुरुको विजय उत्सवमा भागदौड प्रकरण : कर्नाटक क्रिकेट संघका अधिकारीहरूद्वारा राजीनामा