फिल्मका क्लिप सामाजिक सञ्जालबाट हटाउन ‘पूर्णबहादुरको सारङ्गी’ का निर्माताको अनुरोध
काठमाडौँ । नेपाली फिल्म रिलिज हुने बित्तिकै फिल्मका स–साना क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती अपलोड हुने गर्छ । त्यसले फिल्मको व्यवसायमा पनि असर पुग्दै आएको छ ।
त्यसैले निर्माताहरू फिल्मको क्लिपहरू सामाजिक सञ्जालमा नराखिदिन अनुरोध गर्दै आएका छन् । यस्तै अनुरोध फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ को पनि छ ।
फिल्मका स–साना क्लिप सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिन थालेपछि निर्माण कम्पनी सेभेन सिज सिनेमा प्रालिले एक विज्ञप्ति जारी गर्दै यस विषयमा सचेत गरेको हो ।
‘यही कार्तिक १५ गतेदेखि सार्वजनिक रूपमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ प्रति आम दर्शकहरूले देखाइदिनु भएको अपार माया, सद्भाव र हौसलाका लागी हामी आभारी छौँ । यसले हामीलाई थप सिनेमा निर्माण गर्ने ऊर्जा हौसला एवं जाँगर बढेको छ’, विज्ञप्तिमा अगाडि भनिएको छ ‘विडम्बना, हाल सामाजिक सञ्जालमार्फत विभिन्न प्लेटफर्महरूमा हाम्रो सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ को मुख्य कथानक क्लिपहरू छ्यापछ्याप्ती पोस्ट गरिएको कार्यप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यहाँहरूलाई सिनेमा मन परेकै कारण यस्ता क्लिपहरू अपलोड गर्नुभएको हो । तर त्यस्ता क्रियाकलापले कानुनी दायित्व, प्रतिलिपि अधिकार, विद्युतीय कारोबार ऐन, कानुनको दृष्टिमा दण्डनीय अवस्था सृजना गर्ने हुँदा सिनेमालाई प्रतिकुल प्रभाव पर्ने गरी विद्युतीय माध्यमबाट सम्प्रेषण भएका क्लिप हटाउन अनुरोध गर्छु ।’
क्लिप अबका दिनमा कुनै पनि सामाजिक सञ्जाल, युट्युब लगायत विद्युतीय माध्यमबाट फेला परेमा कानुनी मार्ग अवलम्बन गर्ने र त्यसको स्वयम् जिम्मेवार हुनुपर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण