विदेश भ्रमण विवाद
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री अधिकारीले दिए राजीनामा
बुधबार, २१ कात्तिक २०८१, १२ : ५२

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । अनुमति नलिई जापान गएको विषय सार्वजनिक भएपछि बुधबार मन्त्री अधिकारीले राजीनामा दिएका हुन् ।
मन्त्री अधिकारीले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा पत्र बुझाएका छन् । उनले तिहार विदाका समयमा भएको आफ्नो जापान भ्रमणका क्रममा उठेका केही प्रश्नहरुप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको र जिम्मेवार जनप्रतिनिधिको हैसियतले उच्च नैतिकताका आधारमा मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् ।
उनी गत कार्तिक १३ गते कूटनीतिक मर्यादा उल्लङ्घन गर्दै जापान गएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
शिक्षा उपसमितिले आज विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाउने
-
शान्ति श्री र गौरवको 'लजाउने हैछौनि'मा मिस पवीकाे अभिनय
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
अझै सकिएन धरहराको पूर्ण निर्माण, अवशेषलाई झनै बेवास्ता !
-
आईपीएल क्रिकेट : वर्षाका कारण खेल रद्द भएपछि कोलकाताको प्लेअफ सम्भावना समाप्त