कृषिमन्त्री अधिकारी मेक्सिको प्रस्थान
बिहीबार, २२ कात्तिक २०८१, ०० : ३३
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी बुधबार मेक्सिको प्रस्थान गरेका छन् ।
त्यहाँ मन्त्री अधिकारीले मकै र गँहुवालीको प्रर्वद्धन सम्बन्धी अन्तर्राष्ट्रिय मकै र गहुँ बाली प्रवर्द्धन केन्द्रले गरेका विभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छन् । त्यसबारे द्विपक्षीय र बहुपक्षीय बैठकहरुमा समेत सहभागी हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
छलफलपछि उक्त संस्था र नेपाल सरकारबीच भएको १० वर्षे सम्झौता अनुरुपका अनुसन्धान तथा विकासका क्रियाकलापहरू र संयुक्त कार्यक्रम विकासको योजना तयार गरिने मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री अधिकारीले मेक्सिकोको कृषि सम्बन्धित उच्च अधिकारी र आयोजक संस्थाका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यूक्यासलविरुद्ध ब्रेन्टफोर्डको आक्रामक प्रदर्शन
-
शिविरले देखायो संसार : ११ वर्षपछि आँखा देख्न पाए दिदी-भाइले
-
ओल्ड ट्राफोर्डमा ३० वर्षपछि नटिङघमको पहिलो जित, म्यान्चेस्टर युनाइटेड स्तब्ध
-
फेरि हारबाट जोगियो म्यान्सिटी
-
इस्लामिक विद्रोहीहरु दमास्कस घुस्दै, आफु राजधानी छोडेर नभागेको राष्ट्रपति असदको प्रतिक्रिया
-
कञ्चनजङ्घा ‘सेसेलुङ’ गोल्डकपको उपाधि धरानलाई