२३ रनमा ८ विकेट गुमाएपछि अफगानिस्तानसँग बंगलादेश पराजित
शारजाह । नाटकीय पतनपछि पहिलो एकदिवसीय खेलमा बंगलादेश अफगानिस्तानसँग ९२ रनले पराजित भएको छ । २ सय ३६ रनको लक्ष्य पछ्याएको बंगलादेशले ३४.३ ओभरमा सबै विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन पुग्यो ।
खेलमा बंगलादेश सहज जिततर्फ अग्रसर थियो । उता, अफगानिस्तानले एकपछि अर्को गल्ती गरिरहेको थियो । सब्सिटिच्युट विकेटकिपर इक्राम अलिखेलले नजमुल होसेन शान्तो, मोहम्मद नाबीले मेहदी हसन मिराज र गुलबदिन नाइबले मेहदीको क्याच छुटाएका थिए ।
खेलको मध्य भागसम्म टोलीले दुवै रिभ्यु गुमाइसकेको थियो । यता आठ विकेट हातमा रहेको बंगलादेश जितबाट मात्र १ सय १८ रन टाढा थियो । २६ ओभरमा २ विकेटको क्षतिमा १ सय २० रन बनाउँदै बंगलादेश सहज अवस्थामा थियो ।
तर, त्यसपछि टोलीको नाटकीय पतन सुरु भयो । अल्लाह मोहम्मद घजानफारले एकपछि अर्को गर्दै बंगलादेशका ब्याटरलाई पभिलियन फर्काए । टोलीले पछिल्ला ८ विकेट मात्र २३ रनमा गुमाउन पुग्यो । ३५ ओभरमा टोली अलआउट हुनपुग्यो ।
घजानफारले करियरकै उत्कृष्ट २६ रन खर्चेर ६ विकेट लिए । रासिद खानले दुई विकेट हात पारे भने मोहम्मद नाबी र अजमतुल्लाह ओमरजाईले १–१ विकेट लिए ।
बंगलादेशका लागि कप्तान शान्तोले सर्वाधिक ४७ रन बनाए । मेहदीले २८ रन तथा सौम्य सरकारले ३३ रन जोडे । तोहिद हृदोयले ११ रनको योगदान दिए ।
यसअघि मोहम्मद नाबी र कप्तान हस्मतुल्लाह शाहिदीको अर्धशतकको मद्दतले अफगानिस्तानले ४९.४ ओभरमा सबै विकेट गुमाएर २ सय ३५ रन बनाएको थियो ।
नाबीले ७९ बलमा सर्वाधिक ८४ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । शाहिदीले ५२ रनको योगदान दिए । खेलको अन्त्यतिर नांगेयालिया खारोटेले नटआउट रहँदै २७ रन बनाए । गुलबदिन नाइबले २२ रन बनाए ।
बंगलादेशका लागि तास्किन अहमेद र मुस्तफिजुर रहमानले ४–४ विकेट लिए । शोरिफुल इस्लामले १ विकेट हात पारे । ३ खेलको शृङ्खलाको दोस्रो खेल शनिबार खेलिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण