कुवेतमाथि नेपालको शानदार जित
काठमाडौँ । आईसीसी यू–१९ महिला विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोटमा प्रतियोगिताको दोस्रो खेलमा नेपालले कुवेतमाथि शानदार जित हात पारेको छ । नेपालले कुवेतलाई १ सय ८ रनको विशाल अन्तरले पराजित गरेको हो ।
नेपालले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर २२ रन मात्र बनाउन सक्यो । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो ।
कुवेतलाई सस्तोमा समेट्न रचना कुमारी चौधरी र सीमा केसीले दुई–दुई विकेट लिइन् । पूजा महतो, कृष्मा गुरुङ र मनिषा कुमारी उपाध्यायले १–१ विकेट हात पारे । कुवेतका लागि जिफा जिलानीले १२ रन बनाउनबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । कप्तान पूजा महतोले सर्वाधिक ३४ रनको योगदान दिइन् । रनआउट हुनअघि उनले ३८ बलमा ४ चौका प्रहार भइन् । ओपनर साना प्रविनले १८ बलमा २५ रन जोडिन् । उनले आफ्नो इनिङ्समा ५ चौका प्रहार गरिन् ।
ज्योत्सनिका मरासिनीले मात्र १८ बलमा २३ रन जोडिन् । उनले १ चौका हिर्काइन् । अलिसा कुमारी यादवले १५ रन बनाइन् । उनले १० बलमा १ चौका प्रहार गरिन् ।
सावित्री धामी र सोनी पाख्रिनले ६–६ रन बनाए । सीमा केसीले ४ रन बनाइन् ।
कुवेतका लागि आयेशा इक्बाल पेवेरले २ विकेट लिइन् । उनले ४ ओभरमा १७ रन मात्र खर्चिएकी थिइन् । अमिशा राम ओलाचेरी र जिफा जिलानीले १–१ विकेट हात पारिन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनले हराएको थियो । पहिला ब्याटिङ गर्द नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रन बनाएको थियो । जवाफी ब्याटिङमा थाइल्याण्डले ११.४ ओभरमा सबै विकेट गुमाएर ३५ रन मात्र बनाउन सक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकार इमानदार भए अस्वाभाविक मूल्यवृद्धि हुँदैन’
-
बालविवाह रोक्न कोशी प्रदेशका विद्यालयमा विशेष अभियान
-
‘कांग्रेसले तीन पुस्तालाई सम्मान गरेर अघि बढ्न सक्नुपर्छ’
-
पत्रकारिता र सञ्चार क्षेत्रलाई बलियो बनाउन सरोकारवालाको सुझाव आवश्यक : सञ्चारमन्त्री
-
त्रिविको ६७ औँ वार्षिकोत्सव : दीर्घसेवा पदक वितरण
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण