दुई वर्षमा पोखरामा दुई अन्तर्राष्ट्रिय उडान
बिहीबार, २२ कात्तिक २०८१, १६ : ०७
काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको दुई वर्षमा बल्ल दुईवटा अन्तर्राष्ट्रिय उडान भएका छन् ।
बिहीबार सिचुवान एयरलाइन्सले १३४ यात्रुसहित पोखरामा दोस्रोपटक अवतरण गरेको हो । यसअघि २०८० असारमा पनि सिचुवानले नै पोखरामा पहिलो अन्तर्राष्ट्रिय उडान भरेको थियो । दुवै उडान चार्टर्ड हुन् ।
चीनको कुनमिङ विमानस्थलबाट सिचुवान एयरलाइन्सको एयर बस ३१९ विमान पोखरामा दिउँसो २ः४० मा अवतरण गरेको विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानमा पोखरामा हुने अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगिताका लागि चिनियाँ खेलाडी र प्रतिनिधिहरू आएका हुन् ।
सन् २०२३ जनवरी १ मा पोखराको अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । त्यसयता उक्त विमानस्थलबाट नियमित रुपमा आन्तरिक उडान मात्रै भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण