कहाँ बस्छन् अमेरिकाका उपराष्ट्रपति ?
वासिङ्टन डिसी । अमेरिकामा राष्ट्रपतिको आधिकारिक निवास ह्वाइट हाउसमा हो । यो भवनलाई हेर्न टाढा–टाढाबाट पनि मानिसहरू आउँछन् । राष्ट्रपतिको निवास भएकोले यहाँको सुरक्षा व्यवस्था निकै कडा छ । अमेरिकामा राष्ट्रपति त ह्वाइट हाउसमा बस्छन् । त्यसो भए उप–राष्ट्रपति कहाँ बस्छन् ? राष्ट्रपतिले झैँ उपराष्ट्रपतिले पनि आधिकारिक निवास पाउँछन् ? कि उनी आफ्नै निजी घरमा बस्छन् ?
ह्वाइट हाउसको आधिकारिक वेबसाइटका अनुसार उपराष्ट्रपति यूएस नेभल अब्र्जर्भेटरीको मैदानमा रहेको एउटा घरमा बस्छन् । वासिङ्टन डीसीमा रहेको यस घरलाई सन् १८९३ मा अमेरिकाको सबैभन्दा पुरानो वैज्ञानिक एजेन्सी मध्ये एक यूएस नेभल अब्जर्भेटरीको अधीक्षकका लागि बनाइएको थियो । इतिहासलाई पल्टाएर हेर्ने हो भने उपराष्ट्रपति पहिला आफ्नै घरमा बस्थे ।
तर अमेरिकामा निजी घर किन महँगो र मुस्किल बन्दै जान थालेपछि उपराष्ट्रपतिको लागि पनि आधिकारिक निवासको व्यवस्था गरियो । सन् १८७४ को नोभेम्बरमा अब्जर्भेटरी सर्किलको घरलाई कांग्रेसड अपडेट गरेर यसलाई उपराष्ट्रपतिको आधिकारिक निवासको रूपमा सूचीकृत गरियो । तीन वर्षपछि सन् १९७७ मा वाल्टर मोन्डेल यहाँ बस्ने पहिलो अमेरिकी उपराष्ट्रपति बने । उनी अमेरिकाका ४२ औं उपराष्ट्रपति थिए ।
यहाँ पर्यटक जान पाउँछन् ?
यो तीन तले घरलाई क्वीन ऐनी शैलीमा डिजाइन गरिएको छ । घर १२ एकड जमिनमा फैलिएको छ । मनोरञ्जनका लागि यहाँ पर्याप्त ठाउँ छ । उपराष्ट्रपतिको रूपमा आफ्नो ८ वर्षको कार्यकालमा जर्ज एच. डब्ल्यू. बुसले यहाँ ९०० वटा पार्टीको आयोजना गरेका थिए । ह्वाइट हाउसमा आम पर्यटक जान पाउँछन् । तर अब्जर्भेटरी सर्किलमा उनीहरूको प्रवेश निषेध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण