पठाओ, इन्ड्राइभलाई टक्कर दिन दुर्गा प्रसाईंले ‘दुर्गा’ राइड–शेयरिङ्ग प्लेटफर्म ल्याउँदै
काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऔँ अभियानको नाममा राजनीतिक गतिविधि अघि बढाइरहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राइड–शेयरिङ्ग प्लेटफर्म ‘दुर्गा’ ल्याउने तयारी गरेका छन् ।
हाल बजारमा रहेका पठाओ, इन्ड्राइभ जस्ता चलेका राइड–शेयरिङ्ग प्लेटफर्मले कमिसनका रूपमा दैनिक तीन चार करोड नेपाली रुपैयाँ विदेश लगिरहेकोले त्यसलाई रोक्न आफूले ‘दुर्गा’ राइड–शेयरिङ्ग ल्याउन लागेको प्रसाईंले रातोपाटीलाई जानकारी दिए ।
नेपाली मोटरसाइकल तथा ट्याक्सी चालकहरूका लागि शून्य कमिसनको साथमा राइड–शेयरिङ्ग प्लेटफर्म सुरु गर्न लागेको रातोपाटीलाई जानकारी दिए । नेपाली ट्याक्सी चालक र बाइक राइडरहरूको सशक्तीकरण गर्ने उद्देश्यले नयाँ राइड शेयरिङ्ग प्लेटफर्मको काम अघि बढाएको तीन चार महिनापछि सुरु गर्ने प्रसाईले बताए ।
‘दुर्गा’ मा चालकहरूका लागि जीवनभर रजिस्ट्रेसन शुल्क र कुनै कमिसन शुल्क नलाग्ने उनले बताए । यो कदमले देशभरका ट्याक्सी चालक र दुई लाखभन्दा बढी बाइक राइडरहरूलाई फाइदा पुर्याउने लक्ष्य लिएको उनले बताए ।
रातोपाटीसँग प्रसाईंले भने– ‘अहिले पठाओवालाहरुले दैनिक कमिसनको नाउँमा दैनिक तीन चार करोड नेपालीको पैसा विदेश लगिरहेका छन् । नेपालको पैसा नेपालमै राखौँ, नेपालीहरूले नेपालमै व्यापार गर्नुपर्छ, नेपाल हाम्रो हो, नेपाल नेपालीले चलाउनुपर्छ भन्ने योजना हो ।’
उनले अहिले पठाओ, इन्ड्राइभ स्थापित भए पनि तिनीहरूलाई चुनौती दिँदै दुर्गाले मोटरसाइकल चालक र ट्याक्सी चालकलाई राहत दिने र नेपाली पैसा विदेश जानबाट रोक्ने बताए ।
उनले भने– ‘के नेपाली पैसा बाहिर जानु राम्रो हो ? नेपाली पैसा बाहिर गएपछि नेपाल नै धितोमा राखेर देश चलाउनुपर्ने हुन्छ, कतिन्जेलसम्म धितोमा राखेर चलाउने ? धितोमा राखेर चलाएपछि के हुन्छ, लिलाम हुन्छ । लिलाम भएपछि हामी नेपाल र नेपाली रहन्छौँ कि रहँदैनौँ ? हामी नेपालीहरू पनि सक्षम भइसकेका छौँ, हामी नेपालीहरूले नै देश बचाउनुपर्छ, नेपाल बचाउन नेपालमै काम गर्नुपर्छ भनेर हामीले यो अवधारण अघि बढाएका हौँ ।’
सो प्लेटफर्मको आधिकारिक घोषणा मङ्सिर ७ मा काठमाडौँमा आयोजना हुने सभामा गर्ने तयारी गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण