‘ह्रस्व दीर्घ’को प्रिमियरका लागि भारतीय कलाकार प्रदीप रावत र ब्रम्हानन्दम नेपाल आउने
बिहीबार, २२ कात्तिक २०८१, २१ : २९
काठमाडौँ । भारतीय कलाकार प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडौँ आउने भएका छन् । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रिमियर सहभागी हुन उनीहरू नेपाल आउने भएका हुन् । फिल्मको प्रिमियर २९ कात्तिकमा हुँदैछ ।
३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना कलाकारले पनि अभिनय गरेका छन् । फिल्मकी निर्माता तथा अभिनेत्री नीता ढुंगानाले तीनैजना कलाकार नेपाल आउने जानकारी दिइन् ।
‘गजनी’ फेम्ड रावत २७ कात्तिकमा काठमाडौँ उत्रनेछन् । ‘अहिलेसम्म तीनैजना आउने निश्चित छ’, नीताले थपिन् ।
फिल्ममा नीताको अलवा हरिहर अधिकारी, ब्रह्मानन्दम,‘पुष्पा’ भिलेन सुनिल बर्मा, अली, कबीर दुहन सिंहसहित सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको ‘उद्गमस्थल’ चितवनमा राष्ट्रिय महाधिवेशनः जिल्लावासी खुसी
-
मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?
-
गोरेटो बाटोमा भेटिएको शवको रहस्य खुल्यो : श्रीमती र छोराले गरे हत्या
-
स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा
-
संसदमा ४ प्रतिस्थापन विधेयक पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
नेपाल धितोपत्र बोर्डको अध्यक्षमा भट्ट नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण