यी हुन् झाडापखाला रोक्ने पाँच घरेलु उपाय
काठमाडौँ । कहिले खानेकुरामा ध्यान राख्दाराख्दै पनि झाडापखालाको सिकार हुन पुगिन्छ । विशेष गरेर अफिसमा काम गर्नेहरु जो बाहिर खानपर्ने हुन्छ, उनीहरुका लागि त यो ठूलो समस्या हुने गरेको छ । पखाला लागे पछि शरीरलाई नै कमजोर बनाउने गर्छ । तर, यसले शरीरमा असर पुर्याउनभन्दा अघि नै घरमै उपचार गर्न सकिन्छ ।
१. पखाला लागेपछि शरीरबाट ठूलो मात्रामा खनिज नाश हुनेगर्छ । यसका लागि जीवनजल वा पानीमा कागती, नुन र चिनी मिसाएर दिनभर पिउनुपर्छ । त्यस्तै पातलो सुप वा फलफूलको जुस पनि शरीरमा पानीको मात्रालाई सही राख्न पिउन सकिन्छ ।
२. पखाला लागेको बेला धेरै फाइबर भएका फलफूल वा खाना भने खानु हुँदैन । स्याउजस्ता फलहरु खायो भने स्थिति झन खराब बन्न सक्छ ।
३. कडा कफी खायो भने त्यसले पनि पखाला नियन्त्रण गर्न मद्दत गर्छ ।
४. दहीमा भुटेको मेथी र जिरा मिसाएर खायो भने पखाला रोक्न सहयोग गर्छ ।
५. पखाला लागेको बेला दुग्ध उत्पादन जस्तै पनिर, चिज आदि खानुहुँदैन । तर, दहीमा भएको ब्याक्टेरियाले भने हाम्रो आहारनलीलाई दह्रो बनाउन मद्दत गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण