विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक मङ्सिर दोस्रो साता बस्ने
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समिति बैठक मङ्सिरको दोस्रो हप्ता बस्ने भएको छ । मंंसिर १० गतेदेखि केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा पार्टीको स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय समिति बैठक लगातार बस्न लागिएको हो ।
बैठकमा विगतमा भएका निर्णयको समीक्षा, पछिल्लो राजनीतिक अवस्था, पार्टी एकता लगायत भावी रणनीति र कार्यदिशाबारे छलफल हुने विप्लवका सचिवालय सदस्य विमर्श आचार्यले जानकारी दिए । उनले केन्द्रीय समिति बैठक नियमित भएको बताए ।
यसअघि गएको वैशाखमा बसेको बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने र ०८४ को आम निर्वाचन उपयोग गर्ने निर्णय गरेको थियो । यस्तै मङ्सिर ९ गते नेकपाले पार्टी स्थापना दिवस भव्यरुपले मनाउने भएको छ । वैद्य नेतृत्वको नेकपा–माओवादीबाट ०७३ मा अलग भएपछि विप्लवले आफ्नै नेतृत्वमा पार्टी गठन गरेका थिए ।
माओवादीले पार्टी एकतासम्बन्धी निर्णय मङ्सिर १६ गतेपछि बस्ने केन्द्रीय समिति बैठकले गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण