कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान
काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको हो ।
त्यसका लागि कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८१ जारी गरिएको छ । सोही अनुसार इच्छुक तथा योग्य व्यक्तिलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा दरखास्त दिन भनिएको छ ।
उपकुलपतिका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा विद्यावारिधि उपाधि प्राप्त गरेको हुनुपर्नेछ ।
कुनै विश्वविद्यालयको प्राध्यापक पदमा स्थायी नियुक्त भई सो पदको अनुभव हासिल गरेको, कृषि तथा वन विज्ञानको क्षेत्रको विशेष अनुभव हासिल गरेको लगायतका मापदण्ड तोकिएका छन् ।
त्यस्तै दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्यता नरहेको समेत हुनुपर्नेछ । दरखास्त दिने अन्तिम दिनसम्म ६३ वर्ष उमेर ननाघेको हुनुपर्नेछ ।
समितिले तीन जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्नेछ । त्यसका लागि सिफारिसमा परेकामध्ये कृषि तथा वन विज्ञानको क्षेत्रमा विशेष अनुभव भएका व्यक्ति मध्येबाट कम्तीमा १÷१ जना पर्नेगरी तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण