निर्माण विवाद
पाथीभरामा केबलकार निर्माणको काम सुरु गर्न खोज्दा झडप, प्रहरीद्वारा लाठीचार्ज
शुक्रबार, २३ कात्तिक २०८१, १६ : ०२
काठमाडौं । ताप्लेजुङको फुङलिङबाट पाथीभरा मन्दिरसम्म जाने केवलकार निर्माणको काम सुरु गर्न खोज्दा झडप भएको छ । फुङलिङ नगरपालिकास्थित तल्लो फेदीमा झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ । झडपमा परेर प्रदर्शनकारीहरु सामान्य घाइते भएको र अहिले स्थिति नियन्त्रणमा आएको कोशी प्रदेशका डीआईजी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
नेकपा एमाले ताप्लेजुङका अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे र फुङलिङका मेयर अमिर मादेन केवलकार निर्माण गर्नुपर्ने पक्षमा छन् । केवलकार निर्माण गर्नु हुँदैन भन्ने समूहले काम सुरु गर्न लागेपछि विरोध सुरु गरे । त्यसपछि दुई पक्षको बिचमा झडपको अवस्था आएको डीआईजी खापुङले जाकारी दिए । विरोधी समूहले कार्यक्रमस्थलमा ढुंगामुढा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा सारिँदै
-
शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
-
दाङमा ट्राफिक प्रहरीद्वारा १ करोड ५० लाख भन्दा बढी राजश्व सङ्कलन
-
आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु १० अर्ब राजस्व सङ्कलन
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण